MESSAGE FROM CHAIRPERSON

समाजका सदस्यहरुको सामाजिक आर्थिक विकास गर्ने सहकारीको परिभाषा हो । यसले समाज सञ्चालनका हरेक गतिविधि सञ्चालन गर्दै समृद्ध मानवजीवनको परिकल्पना गरेको हुन्छ । सहकारी विचार हो, प्रक्रिया हो, विकासको सिद्धान्त हो । सहकारीे आफैमा एउटा सामाजिक आर्थिक क्रियाकलापको व्यवस्थापकीय पद्धति हो । अर्थतन्त्रका विभिन्न मोडेल जस्तै सहकारी पनि एउटा मोडेल हो । लोकतान्त्रिक पद्धति भएका देशमा सरकारले समाजप्रतिको उत्तरदायित्व जवाफदेहिता व्यवहारमा देखाउनका लागि सामाजिक लोककल्याण हुने आर्थिक मोडेलका रुपमा सहकारीलाई अवलम्बन गर्ने विश्वास गरिन्छ । अत सहकारी अर्थतन्त्रको आर्थिक मोडेलले सोसियल वेलफेयर, जनसमुदायप्रतिको जवाफदेहितालाई व्यवहारिक रुप दिन सक्षम मानिन्छ । सहकारीको सर्वमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै सदस्यलाई व्यवसाय पहिचानमा सहयोग गर्न, ज्ञान सीप प्रदान गर्न, तालिम सिपमूलक शिक्षा प्रदान गर्न, प्रविधिको पहुच पुर्याउन तथा सदस्यहरुको व्यावसायीक उत्पादनको बजारीकरण गर्ने काम गरी सदस्यलाई व्यावसायिक उद्यमशील बनाउदै आर्थिक र सामाजिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।

सहकारी ऐन २०४८ अन्तरगत स्थापना भएको यस सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लि दमक ६ नेपाल सरकार डिभिजन सहकारी कार्यालय वाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो । संस्थाको कार्यालय झापाको दमक ६ मा अवस्थित छ ।यस संस्थाको उच्च व्यावस्थापन तहमा वित्तिय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्धेश्य भबिश्यमा एउटा उदाहरणिय, सफल र अनुकरणिय वित्तिय संस्थाको लक्ष्य सहित सञ्चालनमा ल्यायेको यस संस्थाले छोटो समयमै यसको वलियो आधारहरु तयार गरिसकेको छ । संस्थाले शेयर सदस्यको आर्थिक अवस्थालाई सुधिृढ र वलियो वनाउन सरल सुलभ तरिकावाट कर्जा पाएमा केहि गर्न सक्छौ भन्ने हिम्मत भएका ब्याक्तिहरुलाई छिटो छरितो कर्जा प्रदान गरि उनिहरुको व्यापार व्यावसाय लाई अगाडि वढाउन जोड दिइराखेको छ । साथै बर्तमान प्रतिस्पर्धात्मक वित्तिय बातावरणमा आकर्शक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेपलाई इमान्दार सदस्य,व्यावसायी र उधमीहरुको व्यावसाय प्रवर्धनका लागी सुलभ ब्याजदरमा कर्जा प्रदान गरी उनिहरुलाई सवल र आत्मनिर्भर बनाई स्थिापित गर्दै लाने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here