राज कुमार खड्का
प्रमुख कार्यकारी अधिकृतआदरणीय शेयर सदस्य महानुभावहरू,
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ वर्षे गौरवपूर्ण यात्रामा यहाँहरूको निरन्तर विश्वास, साथ, सहयोग र सहभागिताले संस्था आजको उपलब्धिमूलक अवस्थामा आइपुगेको छ। सीमित स्रोत–साधन र सानो पूँजीबाट सुरु भएको संस्थाले आज करिब रु. २ अर्ब २५ करोड बराबरको पूँजी निर्माण गर्न सफल हुनु सम्पूर्ण शेयर सदस्यहरूको सामूहिक प्रयास, विश्वास र एकताको प्रतिफल हो। यस महत्वपूर्ण यात्रामा योगदान पुर्याउनुहुने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
संस्थाको स्थापना सदस्यहरूको स–साना बचतलाई एकीकृत गरी स्थानीय स्तरमै परिचालन गर्ने, वित्तीय सेवाबाट वञ्चित समुदायलाई सहकारीको माध्यमबाट आर्थिक अवसर प्रदान गर्ने तथा सदस्यहरूको आर्थिक र सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले भएको हो। विगतका वर्षहरूमा संस्थाले बचत तथा ऋण सेवाका साथै सदस्यहरूको आवश्यकता र हितलाई केन्द्रमा राखेर विभिन्न सेवा तथा सुविधाहरू सञ्चालन गर्दै आएको छ।
बदलिँदो आर्थिक परिवेश र सदस्यहरूको बढ्दो अपेक्षालाई आत्मसात् गर्दै संस्था अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्न निरन्तर प्रयासरत छ। सदस्यहरूको बचतको सुरक्षा, सहज वित्तीय पहुँच, गुणस्तरीय सेवा, वित्तीय साक्षरता तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्नु हाम्रो प्रमुख दायित्व हो। यसका साथै सदस्यहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न, उद्यमशीलता विकास गर्न र आयआर्जनका अवसर सिर्जना गर्न प्रोत्साहित गर्नु पनि संस्थाको महत्वपूर्ण प्राथमिकता रहेको छ।
संस्थाको दिगो विकासका लागि वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, प्रभावकारी जोखिम व्यवस्थापन तथा आधुनिक प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै आएका छौँ। आगामी दिनमा पनि सदस्यहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै सुरक्षित, सहज, भरपर्दो तथा गुणस्तरीय वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
अन्त्यमा, संस्थाप्रति निरन्तर विश्वास र अपनत्व व्यक्त गर्नुहुने सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको साथ, सहयोग र सक्रिय सहभागिताले नै संस्थालाई अझ सबल, सक्षम र समृद्ध बनाउनेछ। आगामी दिनमा पनि पारस्परिक विश्वास, सहकार्य र सामूहिक प्रयासमार्फत सूर्यदर्शन साकोसलाई उत्कृष्ट, सदस्यकेन्द्रित र नमुना सहकारी संस्थाका रूपमा स्थापित गर्न हामी सबै एकजुट भएर अघि बढ्ने विश्वास लिएको छु।
धन्यवाद।
व्यवस्थापक
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड