0%
लोड हुँदैछ...
हाम्रो उद्देश्य

दृष्टि र लक्ष्य

हाम्रो दृष्टिकोण

बैंक तथा वित्तीय संस्थासम्म पहुँच नपुगेका तर आफ्नो आर्थिक अवस्था सुधार गर्न प्रयासरत समुदायका मानिसहरूबीच स–साना बचत रकम संकलन गरी सामूहिक पूँजी निर्माण गर्ने, सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने, समाजमा रहेको आर्थिक विभेदको अन्त्य गर्दै सामाजिक न्याय स्थापना गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ।

हाम्रो लक्ष्य

आर्थिक साक्षरता, सहकारी सिद्धान्त तथा यसको व्यावहारिक प्रयोगमार्फत दिगो विकास गर्ने, आर्थिक विभेदरहित सामाजिक न्यायको संस्थागत विकास गर्ने, स्थानीय तथा आन्तरिक स्रोत–साधनको अधिकतम उपयोग र व्यवस्थित परिचालन गर्ने तथा भौतिक र मानवीय अत्यावश्यक पूर्वाधारको विकास गरी सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड दिने कार्य गरिनेछ।

?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्