हाम्रो इतिहास
सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लि. दमक – ६ नेपाल सरकार डिभिजन सहकारी कार्यालयवाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो । देवदर्शन कृषि सहकारी संस्था दमक – ६ सँग मर्ज भई कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयबाट एकीकृत दर्ता नं. ९३/०८०/०८१ रहेको छ । संस्थाको कार्यालय झापाको दमक – ६ मा नमूना बजार छेउ नगरपालिका रोडमा आफ्नै ५ कठ्ठा जमिनमा सुविधा सम्पन्न भवनमा रहको छ । यस संस्थाको दमकमा मुख्य कार्यालय बाहेक कुनैपनि शाखा कार्यालय छैन । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु हुनुहुन्छ । यो संस्थाको मुख्य उद्धेश्य भबिष्यमा एउटा उदाहरणीय, सफल र अनुकरणीय वित्तीय संस्थाको लक्ष्य सहित सञ्चालनमा ल्याएको यस संस्थाले छोटो समयमै यसको वलियो आधारहरु तयार गरिसकेको छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक अवस्थालाई सुदृढ र वलियो वनाउन सरल, सुलभ तरिकावाट कर्जा पाएमा केही गर्न सक्छौँ भन्ने आँट हिम्मत भएका ब्यक्तिहरुलाई छिटो, छरितो कर्जा प्रदान गरि उनीहरुको व्यापार व्यवसाय लाई अगाडि वढाउन जोड दिइ राखेको छ । साथै बर्तमान प्रतिस्पर्धात्मक वित्तीय बातावरणमा आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेपलाई इमानदार सदस्य, व्यवसायी र उधमी सदस्यहरुको व्यवसाय प्रवर्द्धनका लागि सुलभ ब्याजदरमा कर्जा प्रदान गरी उनीहरुलाई सवल र आत्मनिर्भर बनाई स्थापित गर्दै लाने उद्धेश्य रहेको छ ।