सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., दमक–६, झापाले संस्थामा रु. १०,००० वा सोभन्दा बढी शेयर कायम गरी मासिक रु. १,००० नियमित बचत गर्ने सदस्यहरूलाई राहत कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका राहत तथा सहयोग प्रदान गर्दै आएको छ।
यसैक्रममा दमक–९ निवासी संस्थाका शेयर सदस्य श्रीमती सीता कार्कीलाई अपरेसन खर्चबापत रु. १०,०००।– बराबरको राहत सहयोग प्रदान गरिएको छ। संस्थाको शेयर सदस्य राहत कोषअन्तर्गत प्रदान गरिएको उक्त सहयोग रकमको बचत डिपोजिट स्लिप संस्थाको तर्फबाट सदस्यलाई हस्तान्तरण गरिएको हो।
सदस्यहरूलाई आवश्यकताको समयमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस राहत कार्यक्रमअन्तर्गत योग्य सदस्यहरूलाई विभिन्न अवसरमा राहत तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।