0%
लोड हुँदैछ...

समाचार

सूर्यदर्शन साकोसद्वारा सदस्य, सञ्चालक समिति तथा कर्मचारीलाई अस्पतालमा उपचार छुटको व्यवस्था

2026-11-03
सूर्यदर्शन साकोसद्वारा सदस्य, सञ्चालक समिति तथा कर्मचारीलाई अस्पतालमा उपचार छुटको व्यवस्था
दमक, झापा। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न अस्पतालहरूसँग छुटसम्बन्धी सम्झौता सम्पन्न गरेको छ। संस्थाले नोबेल मेडिकल कलेज, विराटनगरसँग २० प्रतिशत, केएमसी अस्पताल, सिनामंगलसँग २५ प्रतिशत तथा केएमसी अस्पताल, भक्तपुर (दुवाकोट) सँग ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको हो। सम्झौताअनुसार संस्थाका सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरूले सम्बन्धित अस्पतालबाट प्राप्त गर्ने स्वास्थ्य उपचार सेवामा तोकिएबमोजिमको छुट सुविधा पाउनेछन्। संस्थाले आफ्ना सदस्य तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै उपचार खर्चमा सहुलियत प्रदान गर्ने र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता गरेको जनाएको छ। यस सम्झौताबाट संस्थासँग आबद्ध सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास संस्थाले लिएको छ।
सेयर गर्नुहोस्:
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्